कालीकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका–२ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिए ।

विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताए ।