
सुर्खेत । बैंकमा झन्डै दुई किलो सुन थुप्रिँएको छ । चाडबाडसँगै बिहेको सिजन नजिकिएको र माग बढ्ने भन्दै गहना व्यवसायीले भने सुनको कोटा बढाउन ‘लबिइङ’ थालेका छन् । व्यवसायीले अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेर सुनको आयात कोटा बढाइदिन आग्रह गरेका छन् ।
आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । आयात कोटा बढाएर कम्तीमा २५ किलो पुर्याइदिन उनीहरूले आग्रह गरेका हुन् ।
त्यो गर्न नसके भन्सार दर १५ प्रतिशतबाट घटाएर साढे १२ प्रतिशतसम्म पुर्याउने र दैनिक कोटा २० प्रतिशत बनाइदिन आग्रह गरेका छन् ।

फरकबाटो ३१ श्रावण २०८०, बुधबार १२:३३