सुर्खेतमा फरार रहेका ४ जना प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतको फैसला पछि फरार रहेका चार जनालाई पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराइएको छ ।

वीरेन्द्रनगर १२ की लक्ष्मी सुनार, वीरेन्द्रनगर ७ का ललित सुनार र दिपक गौली,  वीरेन्द्रनगर ११ का धन बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले सुनारलाई जग्गा सम्बन्धी मुद्दामा एक महिला र दश हजार कैद सजाय, सुनार , गौली र थापालाई केही सार्वजनिक अपराध सम्बन्धी मुद्दामा पाँच/पाँच सय जरिवाना फैसला गरेको थियो ।