राष्ट्रपतिमा नेम्वाङलाई मत माग्दै माधव नेपाललाई एमाले अध्यक्ष ओलीको पत्र


सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न आग्रह गरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका छन् ।

पत्रमा नेम्वाङ राष्ट्रपति पदलाई योग्य एवं उपयुक्त उम्मेदवार भएको उल्लेख छ । अज बिहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णयसहित आफ्ना उम्मेदवारलाई जिताउन सबै दललाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि आज नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।