बागीनाको अध्यक्षमा गुरुङ

सुर्खेत । बागीना समूह सुर्खेतको अध्यक्षमा डिलबहादुर गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न भेलाले कलाकार गुरुङको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समूहको उपाध्यक्षमा जरमायाँ बाठा, सचिव भानुभक्त अधिकारी, सह–सचिव ज्ञानबहादुर नेपाली, कोषाध्यक्षमा मिलन सुवेदी चयन भएका हुन ।

यस्तै समूहको सदस्यमा मनु मन्दिर, सुन्दरमान श्रेष्ठ, खिम बस्याल, सीता भण्डारी, प्रकाश शाही र शेरबहादुर गाइने रहेका छन् ।