कालीकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको मृत्यु, तिन जना बालबालिका घाइते

फाइल तस्बिर

सुर्खेत । कालीकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको मृत्यु भएको छ भने  तिन जना बालबालिका घाइते भएका छन् ।कालीकोटको तिलागुफा नगरपालिका(१०) रानाबाडामा विस्फोटक वस्तु पड्किँदा चार वर्षीया झरना थापा र चार वर्षीया सरस्वती रानाको मृत्यु भएको हो ।

यस्तै, तीन वर्षीया दर्शना राना, पाँच वर्षीया मुस्कान राना र सात वर्षीय कमल थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको कार्यालय प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

घाइतेहरु मध्य चारवर्षीय सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य तिनजनाको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको हो । बिस्फोटक पदार्थ पुरानो हो या नयाँ हो त्यसको अनुसन्धान भइरहेको रिमालले बताए ।