उच्च अदालत सुर्खेतमा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्योट

सुर्खेत । उच्च अदालत सुर्खेतमा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म लक्ष्य भन्दा १५० प्रतिशत मुद्दा फछ्र्योट भएको हो ।

असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा जेठ मसान्तसम्म ६७५ मुद्दा पछ्र्योट गरेको हो । गत आर्थिक वषएमा पछ्र्योट हुन बाँकी रहेका २६५ थान र चालु आर्थिक वर्ष ७४१ थान गरी एक हजार ६ मुद्दाको संख्या रहेको थियो ।

यस्तै अदालतले पुराना मुद्दाहरुलाई जतिसक्दो छिटो फैसला गर्दै लिएको छ । पछिल्लो समय उच्च अदालतमा २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् ।

उच्च अदालतका कामु मुख्य न्यायधीस शेषराज सिवाकोटीले पछिल्लो समय पुराना मुद्दा शुन्य नै भएको बताए । उच्च अदालत सुर्खेतका रजिष्टार अर्जुन कोइरालाले गत वर्ष फछर्योट हुन नसकेका २६५ मुद्दा मध्य १६ थान मात्र मुद्दा फैसला हुन बाँकी रहेका छन् । अधिकाँश मुद्दा छ महिना भित्र दर्ता भएको उनले बताए ।

हाल उच्च अदालतमा छ महिना भित्रका मुद्दा २२५ थान, छ महिना भित्र नाघेका ९० र १२ महिना नाघेका छ र १८ महिना नाघेका १० थान गरी ३३१ मुद्दा फछ्र्योट हुन बाँकी छन् ।