जन्मसंगै सुरु हुन्छ जीन्दगीको यात्रा । जीन्दगीको यात्रामा कतिपय सपना पुरा हुन्छन् त कतिपय सपना अधुरै हुन्छन् । तै पनि मानिस जीवनमा संघर्षको यात्रा गरिनै रहन्छ । भविष्यमा को के बन्ने थोरै भएपनि लक्षण बाल्यकालदेखि नै देखिन्छ । भनिन्छ नि ‘हुने विरुवाको चिल्लो पात’ । यस्तै हुने विरुवाका चिल्ला पात झै बाल्यकालदेखि नै समाजसेवामा निरन्तरण लागे गोविन्द योगी ।

समाजसेवी, व्यवसाय तथा राजनीतिज्ञ गोविन्द योगीको जन्म गुराँस गाउँपालिका– ५ दैलेखमा भएको हो । बुवा हर्कनाथ योगी र आमा जयकला योगीको कोखबाट २०३४ फाल्गुन ८ गते जेठो सन्तानको रुपमा उनको जन्म भएको हो । परिवारमा पाँच जना दाजुभाई र दुई बहिनी आमा र बुवा गरि नौ परिवार थियो । उनको परिवार कृषि पेसा गरेर जिविकोपार्जन गर्ने गर्थे । गोविन्दको परिवार गाँउले जीवन, त्यसमा पनि एकदमै निम्न वर्गिय परिवार थियो । सात जना सन्तान पाल्न योगीको बुवालाई हम्मे हम्मे पथ्र्यो । सबै भाई बहिनीहरु कृषि काममा बुवा आमालाई धेरै नै सघाउने गर्थे । जब योगी १५ वर्षको थिए त्यतिबेला नै आफ्नो बुवालाई गुमाउनु पर्यो । उनका परिवारलार्य उनको बुवाको निधनले बज्रपात नै प¥यो । बुवाको निधन पछि उनको परिवारलाई झन दुःख थपियो । योगी घरको जेठो सन्तान भएको हुदाँ बुवाको निधन पछि घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा थपियो ।
घरको जीम्मेवारी सँगै आफ्नो पढाईलाई निरन्तरता दिदै गए । विहान साँझ घरको काम गरेर दिउँसो स्कुल पढ्न जान्थे । सरल अनि क्रान्तिकारी स्वभावका गोविन्द परिवार समाज र स्कुलका सबैका प्यारा थिए । उनले श्री पार्वती मा.वि गँुरासबाट एस.एल.सी पास गरे । सुर्खेत बहुमुखी क्याम्पसदेखी कक्षा १२ पास गरे । घरको बाहिरी जिम्मेबारीमा बढी ध्यान दिने उनी राजनीतिक र सामाजिक गतिविधिमा धेरै हुम्मिए ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध भएर विद्यार्थी जिवनलाई राजनीतिक तिर जोड्न पुगे । समाजमा हुने अन्याय अत्याचार अथवा समाज विरोधी गतिविधि हुने गर्थे त्यसको बुलन्द आवाज बनेर समाजको लागि कठिबद्ध भएर न्यायमुलक समाज कसरी निर्माण गर्न सकिन्छ भनेर बढी सचेत रहेर समाज सेवा तर्फ लागिरहे । उनले घरको पारिवारिक अवस्थाले गर्दा आफ्नो पढाईलाई निरन्तरता दिन पाएनन् । उनको सानै देखिको लक्ष्य भनेको समाज परिवर्तन गर्नु थियो ।
२०५५ सालमा उनी देवी योगीसँग विवाह बन्धनमा बाधिए । उनले आफ्नो जीवनको सहयात्रीसँगको जीवन सुरुवातले आफुमा केहि हदमा साहारा बनेको महशुस गरे । उनको आगमनले गोविन्द योगीको घरमा थप खुसी छाउन थाल्यो ।
गोविन्द योगी सानैदेखि व्यवसायी मुखि पनि थिए । आफ्नो देश भित्र नै उत्पादन गरेर देशको आयस्रोत बढाउनुपर्छ भनि निरन्तर कृषि योग्य काममा लागिरहे । गोविन्द योगी बिवाह पश्चात जब छोराछोरी पढाउनु पर्छ भनेर २०६४ सालमा विरेन्द्रनगर सुर्खेतमा झरे । सुरुको अवस्थामा गाँउमा बसेको उनलाई यताको परिवेशमा घुलमिल हुन गाहे भयो । तै पनि उनले कहिल्यै हार मानेनन् । साथमा जीवन साथीको साथ पाएका उनले व्यवसाय गर्ने निधो गरे । वीरेन्द्रनगरको बसाईसँगै व्यवसाय गरेर जिविकोपार्जन गनुपर्छ । २०६४ सालदेखि नै व्यवसाय सुरु गर्न थाले । श्रीमतीलाई यता ल्याएर व्यवसाय सुरु गर्दिए । आफु ६७ सालसम्म उतै बसे । आफुले पढेको विद्यालयमा करिब ६ वर्ष जति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे ।
गोविन्द्र योगी एक युवा व्यवसायी हुन् । उनले एक लाखको लगानीबाट हिमानी सप्लायर्स सुरु गरे । यसमा कृषि जन्य बस्तुहरुको खरिद बिक्री गर्ने गरेका छन् । सानो लगानीबाट सुरु गरेको व्यवसायको बाहिरी कारोबार मात्र गर्ने र व्यवसायलाई धेरै नै उनको श्रीमतीले चलाउने गर्छिन् । गोविन्द योगीले अहिले बैङकिङ कारोबार मार्फत तरकारीहरको ओसार पोसारको लागि २ वटा गाडी राखेका छन् । गाडीमा दूई डाइभर र एक जना कर्मचारी गरी ३ जनालाई रोजगार पनि दिएका छन् । अहिले उनले सबै कारोबार गरेर वार्षिक रुपमा १८ देखि २० लाखको कारोबार गर्ने गरेका छन् ।
गोविन्द योगी नेपाल मजदुर किसान पार्टीको जिल्ला कोषाध्यक्ष भएर काम गरिरहेका छन् । समाजमा हुने शोषण भ्रष्टाचार, महिला हिंसा घरेलु हिंसा बलात्कारका घटना ध्रुमपान मद्यपान जति पनि विकृत विसङ्गति रुप देखेपछि यसलाई कसरी समाधान गर्न सकिन्छ । समाजलाई यो कुरितिबाट कसरी मुक्त पार्न सकिन्छ । भनेर नै राजनीतिकमा आएको बताउन् । आफु ४२ सालदेखि नै नेपाल मजदुर किसान पार्टीको भातृ सङगठनमा क्रान्तिकारी विद्यार्थी राजनीतिकबाट राजनीतिक यात्रा सुरु गरेको बताउछन् ।
समाजमा शोषण हुनु हुदैन । समाजमा समानता हुनुपर्छ भन्ने विचार धारा रहेको छ । योगी भन्छन् ‘२०७१ सालमा पार्टीको तर्फबाट योजना अनुगमनमा जाने गथ्र्यौ । त्यहाँ पुग्दा योजनाहरु त ल्याएका छन् तर योजना अनुरुपका काम भएका छैनन् । तर काम सम्पन्न भएको भनि देखाएर भुक्तानी लिने गरेको पाईयो । पश्चिम जाजुरा दह सडक सासद विकास कोषको पैसा कामै नभएर भुक्तानी हुने सवालमा रोकेका थियौ ।’ निरन्तर जनताको सेवामा लागि रहे । सानो सानो कामको लागी पनि भत्ता खाने गरेका कुराहरु पत्ता लागेपछि अनाआवश्यक भत्ता रकम रोक्का गरेर जिविस कोषमै जम्मा लगाउन लगाएका थिए । जनताबाट उठाएको कर नै जनताको हक हितमा खर्चनु पर्छ भन्ने मान्यता तिर सधै लागिरहे ।
उनी राजनितीमा लागेपश्चात धेरै नै समाज सुधारका काम गरेका छन् । गत वर्ष मालपोतमा हुने व्याप्त व्यथीति कमिशन विना काम नगर्ने अतिरिक्त रकम अशुल नगरेसम्म जनतालाई यो भएन त्यो भएन भनेर दुख दिने काम गरिरहरन्थे । त्यो जनतालाई दुख दिने प्रविति रोक्न विरोध गरेको योगी बताउँछन् । त्यो बेलामा योगी सहित पाँच जना कार्यकर्ता हिरासतमा परेका थिए । एम.सी.सीको विरोध ग¥र्यौ । हाम्रो देशको सिमा ७१ ठाउँमा सिमा मिचिएको छ । भारतीय विस्तार बातले नेपाललाई स्वतन्त्र छोडेको स्वतन्त्रता र स्वाधिनतामा हस्तक्षेप भएको छ । यहाँका सासकहरुले देशलाई यसलाई सुधार तर्फ लग्दौ छौँ । नेपाली सेनालाई अमेरीकी सेनाको मातहतमा राख्ने र उनीहरुको निर्देशन अनुसार नेपाली सेना चल्नु पर्ने र युद्धमा हुम्ने त्यो एउटा खेल भएको थियो एस.पी.पी. भनेर त्यसको पनि घोर विरोध गरेका छन् । पछिल्लो समयमा नागरिकता विधेयक आएको छ त्यसको सडक देखि सदनसम्म विरोध गरेको बताउँछन् ।
समाजमा हुने व्यथिती जनताले दुख पाएका कुराहरु अनियमितताबाट आग्रान्त भएको समाजलाई कसरी ठाउँमा ल्याउन सकिन्छ । समाजमा भएका नकारात्म गतिविधिको विरोध गर्ने र हिंसामा परेका महिला पुरुषको साथमा रहेर धेरै नागरिकलाई कानुनी प्रक्रियामा सहयोग गरेको बताउँछन् । अन्यायमा परेकालाई न्यायको पक्षमा रहेर साथ दिने गर्छन् ।
योगी भन्छन् । जन्मदेखि नै धेरै जिम्मेवारीका साथ सङ्घर्ष गर्दै यहाँ सम्म पुगेको हु । व्यवसायमा बाहिरी रुपमा सपोर्ट गर्ने गरेको र सबै काम घरपरिवारले गरेको बताउछन् । समाज परिवर्तनको बाटोमा लागेदेखी धेरै नै दुख गरेको बताउँछन् । समाजलाई भलो हुने काम गर्दा कहिल्यै भोकै बस्नु पर्ने अवस्था पनि सिर्जना भयो । विरोध गर्दा हिरासतमा गएर बस्नु परेको दिन पनि आफुलाई याद आएको बताउँछन् ।
सफलतासँग भन्दा पनि सङ्घर्षलाई आफ्नो जिवनमा तुलना गरेको उनी बताउँछन् । निरन्तर सङ्घर्ष गर्यौ भने सफल अवश्य भैइन्छ । आफ्नो कर्तव्य सम्झेर काम गर्ने हो भने कहिल्यै दुखको महशुस गर्न नपर्ने र आफुले समाज परिवर्तनको लागि गरेका काममा धेरै नै गर्व महशुस गरेको छु योगीको भनाई छ ।
व्यवसायलाई निरन्तरता दिने र पार्टीको नीति र सिद्धान्त अनुसार देश र जनताको निमित्त निस्वार्थ रुपमा सङ्घर्ष जारी राख्ने र आमुल परिवर्तन नहुनजेल सम्म देशको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको निम्त्ति राजनीतिक मार्फत समाज परिवर्तनमा देश भक्ति सिपाहीको रुपमा खडा हुने उनको योजना रहेको छ ।

ललिता विश्वकर्मा ओड १२ भाद्र २०७९, आईतवार १२:५३