
कार्यक्रममा बोल्दै गणेश शाही कालिकोट
सुर्खेत । राष्ट्रिय युवा परिषद्को आयोजनामा कर्णाली प्रदेशमा सोमबार कर्णाली युवा संवाद कार्यक्रमको आयोजना गरियो । जसमा कर्णालीका पाँच जिल्लाका युवाहरु सहभागी थिए । सोही कार्यक्रममा वाई.सि.एलका कर्णाली प्रदेश संयोजक गणेश शाहीको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाअध्यक्ष सुरेन्द्र बस्नेतलाई प्रश्न गर्दै उनले भने “स्थानिय तहमा युवाहरुको राम्रो सहभागीता रहेको देखिएको तर संघ र प्रदेशको निर्वाचनमा युवाहरुको सुनिश्चतताको आधार के छ ? युवा परिषद्ले केही ऐन, कानुन निर्माण गर्दैछ ?
यती मात्रै होइन उनले देश संघियतामा गएपछि संघ सरकारको तर्फबाट राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाअध्यक्षमा नियुक्त भएका बस्नेत प्रदेशको संचना के हो ? समायोजन के गर्नुभएको छ ? र स्थानिय सरकार तहको अधिकार सहित जिल्ला युवा परिषद् निर्माणको पहल के भएको छ ? भन्दै पुन प्रश्न गरे ।

रक्षा लुहार कालिकोट
कालिकोटकी रक्षा लुहारले महिला तथा किशोरीहरुलाई रोजगारीमा जोड्न, नेतृत्वमा लैजान र सक्षम बनाउनका लागि प्रदेश सरकारको योजना के छ ? भन्दै प्रश्न गरिन् ।
यस्तै प्रदेश युवा क्लब सञ्जाल कर्णालीका इन्चार्ज राजेन्द्र अधिकारीले समेत प्यानलिष्टको रुपमा सहभागी भएका तिनजनालाई प्रश्न गरे “३० वर्षमुनीका युवाहरुलाई ३० प्रतिशत पार्टीको जिल्ला कमिटी समदस्य, प्रदेश र केन्द्रिय कमिटि सदस्य दिने नीति बनाउन सक्नुहुन्छ ? भन्दै प्रश्न गरे ।

कल्पना शाही दैलेख
पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखका सदस्य कल्पना शाहीले समेत सरकारको रणनीति २०२५ अनुसार पहिलो देशका ७ वटा प्रदेशमा ७ वटा युवा सिपविकास तालिम केन्द्र स्थापना गर्ने भनिएको र तािलम केन्द्र कर्णाली प्रदेश वा कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये कुन जिल्लामा स्थापना भएको छ ? भन्दै प्रश्न गरिन् ।
उनीहरु मात्रै होइन कार्यक्रममा सहभागी अधिकाँश युवाहरुले अब कर्णाली हाँक्न युवाहरुलाई नेतृत्व दिनुपर्ने बताएका थिए ।
आँफुहरुलाई बुढा नेताहरुले नपत्याउने र उमेर ढल्केकाहरुसंग देशको साँचो भएकै कारण देश दुर्घटनामा परेको उनीहरुले तर्क गरेका थिए ।
प्लान ईन्टरनेशनल नेपाल, सेभ.द चिल्ड्रेन तथा स्ट्रेमा फाउण्डेशनको सहकार्यमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कर्णाली युवा संवाद कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट र जुम्लाका युवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्यानलिष्टको रुपमा कर्णाली प्रदेश सभा सामाजिक विकास समिति अध्यक्ष देबी ओली, हिमा गाउँपालिका जुम्लाका

राजेन्द्र अधिकारी
अध्यक्ष लक्ष्मण शाही र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाअध्यक्ष सुरेन्द्र बस्नेत रहेका थिए ।
कर्णालीका युवाहरुले नेतृत्वको चाहाना गर्दै प्रश्न गरेपछि त्यसको जवाफ दिँदै कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष देबी ओलीले राजनितिक पार्टीका केन्द्रिय संरचनाले युवा सहभागीतालाई गम्भिर रुपमा लिनुपर्ने र आफ्नो पार्टीले त्यसको प्रयास गरेको बताईन् ।
युवा लक्षित कानुन निर्माण सदनले नगर्ने भन्दै उनले त्यसका लागि सरकारमा रहेकाहरुबाटै प्रतिवद्धता हुनुपर्ने उनले सुनाईन् ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाअध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको मुद्धा मात्रै नभई प्रतिनिधित्वको सवाल उठाउनुपर्ने बताए । ‘अब कर्णाली युवा परिषद् गठन हुनु जरुरी छ ।’ उनले भने“ युवाका विषय सबै साझा हुन् । नगर युवा परिषद् र गाउँ युवा परिषद्को समेत गठन हुन जरुरी छ ।”
युवाहरुले नयाँ प्रविधिको प्रयोग गरेर पनि कम अर्थतन्त्र खर्च गरेर निर्वाचन जितेर राम्रो काम गर्न सक्ने उनले बताए ।
यस्तै हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो गाउँपालिकालाई युवामैत्री गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कर्णाली प्रदेशमा युवा लक्षित कार्यक्रम ल्याउने पहिलो स्थनिय तह हिमा गाउँपालिका भएको उनले सुनाए ।
अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा सम्ताहव्यापी कार्यक्रम अन्र्तगत कर्णाली युवा संवाद कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाअध्यक्ष सुरन्द्र बस्नेतले बताए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ निर्माण गरेको छ । जसमा युवाहरुलाई शिक्षा, रोजगारी,युवा सशक्तिकरण तथा नेतृत्व विकास, सहभागी तथा परिचालन, कला,साहित्य, मनोरञ्जन र खेलकुद, लागु पदार्थ दुव्र्यसन नियन्त्रण, मानव तस्कर तथा बेचबिखन नियन्त्रण, वातावरण तथा दिगो विकासमा युवा सहभागीता , विज्ञान तथा प्रविधिको पहुँच, दिगो शान्ति स्थापना तथा द्धन्द्ध समाधानमा युवा सहभागीता लगाएतको नीति लिएको छ । जसलाई कार्यान्वयन गर्नका लागि कार्यायोजना समेत निर्माण गरेको छ ।

सीता वली २३ श्रावण २०७९, सोमबार १४:२५