बालेनले पेश गरे सर्वोच्चमा लिखित जवाफ

सुर्खेत । काठमान्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा उनले जवाफ पेश गरेका हुन् ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

जसको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन गत १३ गते बालेन शाहका नाममा आदेश दिएको छ । अदालतको सोही आदेश अनुसार उनले आज जवाफ पेश गरेका हुन् ।