सुर्खेत । घरेलुहिंसा र अपाङ्गता भएका महिलाविरुद्ध हुने सबै खाले हिंसा न्युनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्ग महिला संघको आयोजना र गुराँस गाउँपालिका दैलेखको समन्वयमा गुराँस गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल अपाङ्ग महिला संघका फोकलपर्सन धनसरा शाहीको अध्यक्षता तथा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । अपाङ्गता भएका व्यक्ति, नागरिक अधिकारकर्मी, जनप्रतिनिधि लगाएत २७ जना सहभागीहरु रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा गाउँपालिकाका उपाअध्यक्ष शिवाकुमारी खड्का रहेकी थिइन् ।
कार्यक्रममा घरेलु हिंसा,अपाङ्गताको क्षेत्रमा कानुनी व्यवस्था,लैगिंक विभेद र अपाङ्गता भएका महिलाहरुले भोग्नुपरेको विभेद र हिंसा लगाएतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले अपाङ्गता भएका व्यक्तिहरुका शिक्षा, आयआर्जन र अन्य सहयोगका लागि गाउँपालिका तयार भएको बताए । उनले अपाङ्गता भएका व्यक्तीसंग आश्रीत परिवारका लागि समेत सोच्नुपर्ने बेला भएको सुनाए ।
कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग महिला संघका फोकलपर्सन धनसरा शाहीले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त संरचना निर्माण गर्नुपर्ने र आर्थिक रुपमा सक्षम बनाउनेखालका कार्यक्रम तय गर्नुपर्ने सुझाव दिईन् ।


फरकबाटो २४ जेष्ठ २०७९, मंगलवार ०७:२८