सुर्खेत । पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६० जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ जना पुगेको छ । २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा २६ हजार छ सय ७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
फरकबाटो ४ बैशाख २०८०, सोमबार १७:५६