संघीय सरकारले ल्याएको बजेटमा कर्णाली प्रदेशलाई कति ?

सुर्खेत ।  संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।

संघीय सरकारले‍ सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो ।

कर्णालीमा समानीकरण अनुदान १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ, विशेष अनुदान ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ, ६६ करोड ८० लाख र समपुरक तर्फ १ अर्ब २१ करोड ५० लाख रुपैयाँ गरी जम्मा १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।