इराकमा तीन जनालाई फाँसी


सुर्खेत । इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहरसहित तीन जनालाई फाँसी दिइएको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । उनीहरूलाई आइतवार र सोमवार फाँसी दिइएको हुन सक्ने अनुमान छ । द इस्लामिक स्टेट ग्रुप ९आईएस० ले यो आक्रमण आफूले गरेको जनाएको थियो ।

आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाई सन् २०२१ मा पक्राउ परेका थिए । फाँसी दिइएकामध्ये उनी एक हुनसक्ने अनुमान गरिएको समाचार संस्था एएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा घटना भएको थियो ।