
सुर्खेत । सुर्खेतमा छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर ६ मा लागुऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा वीरेन्द्रनगर २ का २२ वर्षीय आशिष सुनारलाई २३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो बदार्थसहित प्रक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
त्यस्तै झापा दमक उपमहानगरपालिका ९ घर भई हाल वीरेन्द्रनगर ६ खोर्केलाईन बस्दै आएका अन्दाजी २५ वर्षीय सन्दिप बराइलीबाट १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित दुईथान मोबाइल र नगद रु ३ हजार ६ सय ६५ रुपैयाँ बरामद गरि बराइलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

फरकबाटो १६ फाल्गुन २०७९, मंगलवार १२:३३