सुर्खेत । वीरेन्द्रनगरका दुईवटा वडाका नवनिर्वाचित जनप्रनिनिधिहरुलाई विपद्बबारे अभिमुखिकरण गरिएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालले प्रयास परियोजनाको साना अनुदान कार्यक्रम अन्तर्रगत कार्यक्रम गरेको हो ।
वीरेन्द्रनगर ९ र १० का जनप्रतिनिधि तथा कर्मचारी र अन्य विपद्संग सरोकार राख्ने अगुवा व्यक्तिहरुलाई अभिमुखिकरण दिएको हो ।
जलबायु परिवर्तन, विपद् व्यवस्थापन लगाएत विपद् सम्बन्धि विभिन्न नितिहरुका विषयमा समेत छलफल गरि कार्यायोजना समेत निर्माण गरिएको हुरेक नेपालका अध्यक्ष गणेश वलीले जानकारी दिए ।
कार्यक्रममा हुरेक नेपालका अध्यक्ष गणेश वली, प्रयास परियोजना संयोजक रेखा वली लगाएतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नं १० का वडा अध्यक्ष डिलबहादुर रखाल र वडा नं ९ का वडा अध्यक्ष ऋषी गिरी लगाएत निर्वाचित वडा सदस्यहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रयास परियोजना अन्तर्रगत साना अनुदान कार्यक्रममार्फत टोल विकास संस्था, विद्यालय, वन उपभोक्ता समिति लगाएत अन्य सरोकारवाला निकायहरुलाई समेत अभिमुखिकरण गर्ने कार्यक्रम सकिसकेका हुरेकका अध्यक्ष वलीले बताए ।
उनले वडा, टोलहरुमा सरसफाई अभियान, होर्डिङ बोर्ड, विद्यालयमा वक्तृत्वकला प्रतियोगिता लगाएतका थुप्रै कार्यक्रम गर्ने तयारी भएको बताए ।
फरकबाटो १८ जेष्ठ २०७९, बुधबार २०:३१