
सुर्खेत । कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेतको अध्यक्षमा लोकेन्द्रबहादुर गिरी चयन भएका छन् । शाखाको १० बार्षिक साधारण सभा तथा छैठौं जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।
यस्तै अधिवेशनले उपाध्यक्षमा धर्मराज भण्डारी, सचिवमा उपेन्द्र मल्ल, कोषाध्यक्षमा लक्ष्मी बि।क, तथा सहसचिवमा मान बहादुर खड्कालाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा जीवन केशर खनाल, मेलिना मल्ल र दिब्यश्वर बराललाई चयन गरेको हो ।

फरकबाटो १७ मंसिर २०७९, शनिबार १९:३८