राहुलको कप्तानीमा भारतको टिम घोषणा

काठमाडौं । भारतले दक्षिण अफ्रीकाविरुद्ध घरेलु मैदानमा हुने टी(ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ ।

बीसीसीआईले केएल राहुलको कप्तानीमा दक्षिण अफ्रीकाविरुद्ध खेल्ने टोलीको घोषणा गरेको हो । भारतले घरेलु मैदानमा पाँच खेलको टी(ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी(ट्वान्टी जुन ९ मा दिल्लीमा हुनेछ ।

यस्तै भारतले इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्टका लागि टिमको घोषणा गरेको छ । बीसीसीआईले रोहित शर्माको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको हो। पाँचौं टेस्ट जुलाई १ बाट सुरु हुनेछ ।