केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा


सुर्खेत । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको समीकरण पूरा भएको छ । आज भएको खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक टोली ओली एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओली एफसीले जावलाखेललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएको थियो । अब ओली एफसीले फाइनलमा पुग्न मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछ ।