नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल हुँदै


सुर्खेत । नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

विराटनगरले यसअघिका ६ खेलमा २ वटा जितेको छ । विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा छ । ६ खेलमा ३ वटा जितेको काठमाण्डौ ६ अंकसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

७ खेल खेलेको लुम्बिनी ६ वटा जितेर १२ अंकका साथ तालिकाको र्शीषस्थानमा छ । समान खेलमा ५ वटा जितेको जनकपुर १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । पोखरा चौथो र फार वेस्ट पुछारमा छ ।