बजेटमा एक वर्षको मात्रै नभई दशकका लागि कार्यक्रम बनाउनुपर्छ : गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा एक वर्षको कार्यक्रम मात्रै नभई दशकका लागि कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै उनले त्यस्तो बताएका हुन्।

निर्वाचन क्षेत्र बजेट र केही लोकप्रिय नाराको पछाडि मात्र नलाग्न उनले सरकारलाई सुझाव दिए। उनले नेपाली उद्योगको राहतका लागि पनि विशेष योजना ल्याउनुपर्ने उनको भनाइ थियो। थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न पनि माग गरे।

आठ वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भएको उल्लेख गर्दै उनले भने, ‘म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरीहरू साेही विषयकाे भिडियाे हेरेर डराइरहेका थिएँ। सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुरा होइन।’

उनले थपे, ‘बलात्कारजस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस्।’