
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै बेलुकासम्ममा खाका तयार हुने बताएका हुन् । उनले भने, ’आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’
चुनावका समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमति हुन समय लाग्नु स्वाभाविक रहेको बताए ।

फरकबाटो ३ बैशाख २०७९, शनिबार १४:१८