गठबन्धनको जित सुर्खेतका लागि सुवर्ण अवसर हो, परिस्थिती नविगार्नुहोला : थानी

सुर्खेत । पुर्व मन्त्री तथा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य हृदयराम थानीले गठबन्धन सुर्खेती जनताका लागि विकास गर्ने सुवर्ण अवसर भएको भन्दै परिस्थिती नबिगार्न नागरिकहरुलाई आग्रह गरेका छन् । बिहिबार बराहताल गाउँपालिका सुर्खेतमा भएको संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले विकासमा पछि परेको सुर्खेतको पश्चिम क्षेत्रलाई बामगठबन्धनको आवश्यकता रहेको समेत बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टी नहेरी गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरे ।

सुर्खेत क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका थानीले सुर्खेती नागरिकका लागि विकास गर्ने सुवर्ण अवसर भएकोले गठबन्धनकै उम्मेदवारलाई भोट हाल्न र जिताउन आग्रह गरे ।

कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेशका पुर्व अर्थमन्त्री बिन्दमान विष्टले गठबन्धनको जित भएपछि परिश्चम सुर्खेतमा विकासको मुल फुट्ने बताए । उत्साह पैदा गरेर गठबन्धनको जित सुनिश्चित गराउन नागरिकहरुलाई आग्रह गरे ।

कांग्रेसका नेता तथा पुर्वमन्त्री शिवराज जोशीको प्रमुख आथित्यतामा भएको कार्यक्रम नेपाली काँग्रेस गाउँ कार्यसमिति सभापति तथा गठबन्धनका नेता भिम भण्डारीको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।