रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरी शर्मा वि.एम. विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गरे ।
उप प्रमुख इश्वरीले शर्मा वि.एम.ले सात हजार दुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत गरे ।
फरकबाटो ४ जेष्ठ २०७९, बुधबार १७:५३