माइतीघर मण्डलामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास


सुर्खेत । माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । नागरिकता विधयेकको माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए।

उनले धर्ना बसेकै ठाँउमा आफूलाई जलाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आत्मदाह गर्ने प्रयासमा घाइते भएका ती व्यक्तिलाई तुरुन्तै अस्पताल लगिएको थियो ।

नागरिकताविहीन निरज नामका ती व्यक्तिको अवस्था खतरामुक्त रहेको प्रहरीले बताइएको छ।