सुर्खेत । कर्णाली प्रदेश सभामा विभिन्न तीन वटा विधेयकहरु पेश भएका छन् । सोमबार बसेको नवौँ अधिवेशनको १७ औँ बैठकमा तीन वटा विधेयकहरु पेश भएका हुन् ।
कर्णाली प्रदेश लोकसेवा आयोग ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८ टेबुल गर्नु भएको छ । ऐनमा अस्पष्ट व्यवस्थालाई स्पष्ट गर्न र स्थानीय तहमा रिक्त पद पदपूर्ति गरी सेवा प्रवाह र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आवश्यक रहेकोले संशोधन गर्न विधेयक टेबुल गरिएको हो ।
प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवा सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्यन्यायधिवक्ताको काम , कर्तव्य र अधिकार तथा सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८ पनि बैठकमा पेश भएको छ ।
यस्तै प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८ सर्वसम्मतीले पारित भएको छ । आर्थिक कार्यविधि दोस्रो संशोधन विधेयक २०७८ मा संशोधनका लागि संशोधनको सूचना पेश गर्न ७२ घण्टाको समय दिइएको छ ।

फरकबाटो २१ चैत्र २०७८, सोमबार २०:४०