पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

सुर्खेत । पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगरको प्रमुखमा काँग्रेसका लालविर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी भएका हुन् ।

भण्डारीले पाँच हजार ९०९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धन बहादुर थापाले पाँच हजार ११८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा रेग्मीले ६ हजार ९४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा कुमारी जैशीले पाँच हजार १६८ मत ल्याएकी छन् । पञ्चपुरीमा सात वटा वडामा नेपाली काँग्रेस, तीन वटा वडामा एमाले र एक वटा वडामा माओवादी केन्द्र विजयी भएका छन् । पञ्चपुरीमा ११ वटा वडा रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट वडा नं २ मा याम बहादुर बिसी, वडा नं ५ मा नगेन्द्र बहादुर शाही, वडा नं ७ मा खिम बहादुर बयक क्षेत्री, वडा नं ८ मा दिपक बहादुर थापा, वडा नं ९ मा पूर्ण प्रसाद घिमिरे, वडा नं १० मा हरि प्रसाद ढकाल र वडा नं ११ मा धन बहादुर माँझी वडा अध्यक्षमा विजयी भएका छन् ।

यस्तै र एमालेबाट वडा नं १ को वडा अध्यक्षमा कर्ण बहादुर थापा मगर, वडा नं ३ मा चन्द्र बिर रावत र वडा नं ४ मा राम प्रसाद अधिकारी विजयी भएका हुन् ।

यस्तै वडा नं ६ मा माओवादी केन्द्रबाट नर बहादुर सिजापती वडा अध्यक्षमा विजयी भएका छन् ।