लागु औषध र नगदसहित वीरेन्द्रनगरमा एकजना पक्राउ


सुर्खेत । लागु औषध र नगदसहित वीरेन्द्रनगरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आईतवार राति साढे ८ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ३ गण्डकी लाईन स्थित हिराबैगारको घरमा लागु औषध कारोबार भएको गोप्य सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका ३ कि ३८ वर्षीय मालती बैगारलाई पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्दा घरको कोठामा १ पुडिया प्लाष्टिक सहित १ ग्राम २० मिलिग्राम र प्लाष्टिक बाहिर शुद्ध ४ सय ४० मिलिग्राम भएको लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

साथै उनको घरको दराजबाट नगद ८४ हजार एक सय रुपैयाँ २ वटा मोबाईल समेत बरामद गरीएको डिएसपी कार्कीले जानकारी दिए । बैगारलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।