डोल्पा । पालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी भएका हुन् ।
रोकायाले ७ सय ७० मत पाएर विजयी भएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए ।
उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार अमृता बोहोरा विजयी भएकी छन् । ।


फरकबाटो ३१ बैशाख २०७९, शनिबार १५:२३