वीरेन्द्रनगर तनाबग्रस्त बन्दै गए पछि भोलि साँझ ७ बजेसम्म कर्फ्यू

सुर्खेत । वीरेन्द्रनगर तनाबग्रस्त बन्दै गए पछि भोलि साँझ ७ बजेसमम कर्फ्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकरी खगेन्द्र प्रसाद रिजालले अहिले ८ः १५ देखि भोलि साँझ ७ बजेसम्म कर्फ्यू जारी गरेको जानकारी दिए ।

वीरेन्द्रनगरको पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका वडा न ७ र दक्षिणतर्फ लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार, देउती बज्यै एंव सुब्बाकुना क्षेत्रसम्म कर्फ्यू जारी गरिएको हो ।  एमसीसीको विरुद्धमा उत्रिएका बन्दकर्ताहरुले ठाउँठाउँमा ढुंगामुढा गर्नुका साथै पार्टी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन् । प्रहरी र बन्दकर्ताहरुबिच झडप भएको छ ।