वडा नं ८ को मुहार फेर्न यि हुन् एमाले उम्मेदवार शर्माका प्रतिवद्धता

वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा एमाले बाट अध्यक्ष पदका उम्मेदवार टिकाराम शर्मा

वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा एमाले बाट अध्यक्ष पदका उम्मेदवार टिकाराम शर्मा छन् । २०४६ सालबाट विद्यार्थी राजनिती सुरु गरेका उनी युवा संघमा रहेर जिल्ला, अञ्चल हुँदै केन्द्रमा समेत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । २०७० सालमा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा सचिवालय सदस्य रहेका शर्मालाई नेकपा एमाले सुर्खेतले आगामी ३० गते हुने स्थानिय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिका वडा नं ८ बाट वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
आँफु निवार्चित भएपछि वडामा शिक्षा, कृषी, रोजगार र उद्यमशिलता, युवा र खेलकुद, स्वास्थ्य र सररफाई, भौतिक विकास तथा पुर्वाधार निर्माण, सामाजिक समावेशीकरण÷सुरक्षा र लै¨िक विभेद न्युनीरकण, सार्वजनिक सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा उल्लेखनिय काम गर्ने प्रतिवद्धता शर्माले व्यक्त गरेका छन् ।

यि हुन् अध्यक्ष पदका उम्मेदवार टिकाराम शर्माका प्रतिवद्धता ः

भौतिक विकास तथा पुर्वाधार निर्माण

वडा नं ८ मा रहेका सम्पुर्ण सहायक सडक तथा भित्रि सडकहरुमा नाला निर्माण सहित स्तरोन्नती र कालोपत्रे गर्ने ।
वडा नं ८ मा पर्ने इत्राम खोलामा तटबन्धन तथा हरित सडक निर्माण गर्ने ।
व्यवस्थित शहरिकरणको लागि बत्ती, सडक, सुरक्षा, सिसि टि.भि क्यामरा, प्रहरी विट स्थापनाको लागि सरोकारवाला निकायसंग समन्व्य गर्ने ।

शिक्षा क्षेत्रमा

सामुदायिक विद्यालयको भौतिक अवस्थालाई सुधार गर्दै गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल गर्ने ।
वडामा ई लाइब्रेरी तथा सामुदायिक पुस्तकालय स्थापना गरी बालबालिका, किशोर–किशोरी र युवाहरुको अध्ययनशीलतामा जोड दिने ।
मध्यपश्चिम विश्वविद्यालयसंगको सहयोगमा शैक्षिक क्षेत्रको विकासको लागि अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने र वडाका जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिलाउन पहल तथा अनुरोध गर्ने ।
स्वास्थ्य तथा सरसफाई
वडामा रहेको शहरी स्वास्थ्य केन्द्रमा ल्याव सेवा सहित स्तरोन्नती गरी वडा बासीमा गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने ।
महिला स्वास्थ्य स्वयम्सेविका तथा आमा सहुहहरुलाई प्रोत्साहनका साथै क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने ।
वडाका सम्पुर्ण परीवारलाई स्वास्थ्य बिमा गर्न प्रेरित गर्ने र विपन्न तथा अपा¨ता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने ।
फोहोरमैला व्यवस्थापनको लागि टोल विकास संस्थाको संलग्नतामा आफ्नो फोहोर आँफै व्यवस्थापन गरौं अभियान सञ्चालन गर्ने ।

कृषी, रोजगार र उद्यमशिलता

विपन्न वर्ग, अपा¨ता भएका व्यक्ति र आवश्यक समुदायलाई ध्यानमा राखेर एक टोल एक उत्पादन अवधारणालाई प्राथमिकतामा राखी साना उद्योग, मौरी पालन, च्याउ खेती, कौशी खेती लगायतका आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने ।
सिपयुक्त व्यक्तिको लगत सङलन गरेर रोजगार प्रदान गर्न आवश्यक पहल गर्ने ।
लघु उद्यममा अनुदानको व्यवस्था गर्ने ।

युवा र खेलकुद

युवालाई उद्यमशिल र रोजगार तर्फ उन्मुख गराउने कार्यक्रम ल्याउने ।
किशोर किशोरी तथा युवामा सकारात्मक सोच विकास र असल आचारणयुक्त बनाउन रुपमान्तरण कक्षा एंव जीवन उपयोगी सिप विकासका तालिम कार्यक्रम सञ्चालन गर्ने ।
दुव्र्यसनी तथा कुलतमा फसेका वा यसको जोखिममा रहेका व्यक्तिहरुको लागि जनचेतना तथा उद्धारको कार्यक्रम गर्ने ।
वडामा खुल्ला व्यायामशाला तथा आरोग्य केन्द्र स्थापना गर्नुका साथै वडालाई खेलकुदको हबको रुपमा विकास गर्ने ।
जेहेन्दार खेलाडीहरुलाई राष्ट्रिय, अन्तरराष्ट्रिय, खेलमा संलग्न हुँदा आवश्यक खर्च व्यवस्थापन गर्ने ।
सामाजिक समावेशीकरण÷सुरक्षा र लै¨िक विभेद न्युनिकरण
दलित, विपन्न, समुदायको परम्परागत पेशालाई थप व्यवसायमुलक बनाउन रोजगारका कार्यक्रम सञ्चालन गर्ने ।
महिलाहरुका लागि क्षमता विकास सम्बन्धि कार्यक्रम सञ्चालन गरी स्वरोजगार बनाउने ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गर्नुका साथै सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउन प्रभावकारी संयन्त्र निर्माण गरी काम गर्ने ।
अपा¨ता भएका व्यक्तिको अधिकार र पहुँच बृद्धि हुने प्रकारका कार्यक्रम सञ्चालन गर्ने ।
बालबालिकाको क्षमता विकास तथा नेतृत्व विकासको लागि तालिम सञ्चालन गर्ने । अव्यवस्थित बसोबास, भुमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधान गर्न आवश्यक पहल गर्ने ।

सार्वजनिक सेवा प्रवाह तथा सुशासन

वडामा हुने विभिन्न योजना निर्माण, बजेट बिनियोजन, कार्यान्वयनको सन्दर्भमा पारदर्शिता कायम गर्ने ।
वडाको प्रोफाइल तयार गर्ने र त्यसका आधारमा वस्तुगत योजना निर्माण गरेर कार्यान्वयन गर्ने ।
सामाजिक संघसंस्थाहरुको समन्वयमा विभिन्न सामाजिक कार्यहरु गर्ने ।
हामी जनताको सेवक हौं , मालिक होइनौं भन्ने नाराका साथ चुस्त दुरुस्त प्रशासनिक सेवा प्रवाह गर्ने ।

वातावरण संरक्षण तथा पर्यटन प्रवर्धन

सामुदायिक वन तथा सार्वजनिक स्थानमा उपयुक्त खालको विरुवाको छनौट गरी बृक्षारोपण गर्ने ।
घण्टाघरलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवर्धन गर्न आवश्यक पहल तथा पैरवी गर्ने ।
वडाका बासिन्दाबिच धार्मीक सहिष्णुता कायम गर्दै संस्कृति, मौलिक पहिचान जगेर्ना गर्ने र यसलाई पर्यटनको अवधारणासंग जोड्ने कार्यको प्रारम्भ गर्ने ।
फुटपाथलाई व्यवस्थापनको लागि वडाबासीको संलग्नतामा प्रभावकारी कदम चाल्ने ।
‘हाम्रौ वडा हामी बनाउँछौं’ भन्ने मुलमन्त्र आत्मासाथ गर्दै हाम्रो सम्पत्तिको रुपमा रहेको बौद्धिक स्रोत, युवा, बुद्धिजिवी समाज, आम वडाबासीको अर्थपुर्ण सहसभागीतामा वार्ड सम्बृद्धिको अभियानमा सबैको स्वामित्व र अपनत्वमा सहभागीतामुलक विकास निर्माणलाई आधार बनाउने ।