स्थानीय तह निर्वाचन : पञ्चपुरीमा काँग्रेसको अग्रता

सुर्खेत । पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार लालविर भण्डारीले ६९१ मत ल्याएर अग्रता लिएका छन् । काँग्रेसबाट उपप्रमुखका उम्मेदवार मुक्तिदेवी रेग्मीले ६९९ मत ल्याएर अग्रता लिएकी छन् ।
यस्तै एमालेबाट प्रमुखका उम्मेदवार धनबहादुर थापाले ६२४ र उपप्रमुखका उम्मेदवार दुर्गाप्रसाद जैशीले ६१४ मत ल्याएका छन् ।