राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै


सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि उनी चुनिएकी हुन् ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने नेपालको पहिलो महिला हुन् । राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गरेकी छन् । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उनको सचिवालयले जानकारी दिएको छ । भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदैछन् ।

गत बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित भएका हुन् । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।