
सुर्खेत । दाङमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
लमही नगरपालिका वडा नं. ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले जानकारी दिए। गत बिहीबार (पुस २१ गते) साँझ ५ बजे १३ वर्षीया बालिका परीक्षा दिएर घर फर्किँदै थिइन्। त्यहीबेला उनले यादवसँग लिफ्ट मागेको जाहेरीमा उल्लेख गरिएको छ।
घर पुर्याइदिने बहानामा उनले ती बालिकालाई भरकुण्डी जंगलमा लगेका थिए। त्यहाँ लगेर बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ। घटनालगत्तै पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन्। खबर पाएपछि बिहीबार राति नै प्रहरीले यादवलाई पक्राउ गरेको हो।
शुक्रबार यादवमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको एसपी वलीले जानकारी दिए।

फरकबाटो २३ पुष २०७९, शनिबार १७:४९