कैलाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिएका छन् । आज सोमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘स्थानीय सरकार पनि जित्न जरुरी छ । बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ । पहिले बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हा¥यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’


फरकबाटो २६ बैशाख २०७९, सोमबार १७:०२