चौंथो संस्करणको ईपीएल क्रिकेट कात्तिक २६ बाट

काठमाडौं । पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी कात्तिक २६ गतेबाट सुरु हुने भएको छ ।

आयोजक ईपीएल क्रिकेटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पाँचौं संस्करणको प्रतियोगिता कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जनाएको छ ।

यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको ईपीएलले जनाएको छ ।

यस वर्षको ईपीएल अघिल्ला संस्करणहरू भन्दा भव्य हुने आयोजकले जनाएको छ । त्यसका लागि ईपीएलले कामहरु गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विश्वभरका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बंगलादेश र अन्य थुप्रै देशमा प्रत्यक्ष प्रसारणको लागि तयारी भईरहेको आयोजकले जनाएको छ ।

ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले ईपीएल नेपालको गौरव भएको र यसले नेपाली क्रिकेटलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्न, तथा पर्यटन सम्भाव्यतामा सुधार गर्न पनि मद्दत पुग्ने बताएका छन् ।

चितवन टाइगर्सले चौंथो संस्करणको उपाधि जितेको थियो ।