कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।