लागुऔषध सहित सुर्खेतमा दुईजना पक्राउ


सुर्खेत । लागुऔषध सहित सुर्खेतमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर ११ सुर्खेतका १९ वर्षीय दिनेश राजी र वीरेन्द्रनगर ६ शनिहललाईनका २४ वर्षीय उत्सव जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १७० मिलिग्राम शुद्ध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । राजीलाई १ सय मिलाग्राम ब्राउनसुगर सहित र जिसीलाई ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि हिरासत राखिएको जनाइएको छ ।