
सुर्खेत । पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर आज मङ्गलवार दुई बालक घाइते भएका छन् । पोखरा महानगरपालिका–३३ ठूलढुङ्गाका दुई जना बालकले नेपाली सेनाको पोस्ट नजिकैको वनमा भेटाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएर घाइते भएका हुन् । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विस्फोटक पदार्थ पड्किँदा एक जनाको हातमा र एक जनाको हात र खुट्टा दुवैमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनीहरंको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

फरकबाटो ९ फाल्गुन २०७९, मंगलवार १९:५२