राष्ट्रिय सभा निर्वाचनमा ९४ प्रतिशत मत खस्यो

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा ९४.७६ प्रतिशत मत खसेको छ । दिउसो १ बजेसम्म स्थानिय तहको १ सय ४७ र प्रदेश सभा सदस्यहरुको ३४ मत खसेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जानकारी दिएको छ ।

कार्यालयका सुचना अधिकारी निर्मला रेग्मीका अनुसार स्थानिय तहको ९४.२३ प्रतिशत र प्रदेश सभाको ९७.१४ प्रतिशत मत खसेको हो । रेग्मीले केहि स्थानिय तहका पदाधीकारीहरु आउन बाँकी भएको जानकारी दिईन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रदेश सभा सदस्य शोसीला शाहीले भने निर्वाचनमा भाग नलिएकी हुन् । उनले गठबन्धनमा राप्रपा नभएको कारण भोट हाल्न पनि नगएको शाहीले जानकारी दिईन् ।

निर्वाचन कार्यालयका अनुसार आजै मतगणना गर्ने र मत परिणाम समेत आजै सार्वजनिक गर्ने तयारी गरिएको हो ।
बिहान नौ बजेदेखी सुरु भएको मतदान दिउसो ३ बजेसम्मका लागि तोकिएको हो ।