साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारतबीच खेल सुरु

सुर्खेत । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल सुरु भएको छ ।

पहिलो पटक साफको फाइनलमा स्थान बनाएको नेपाल र सात पटकको उपाधि विजेता भारतबीच माल्दिभ्समा उपाधिका लागी खेल सुरु भएको हो ।

नेपालको सुरुवाती–११ मा किरण चेम्जोङ, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।