भक्तपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।
कांग्रेस भक्तपुर जिल्लाले शुक्रबार तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।
उनले कांग्रेस महाधिवेशन हुँदैन भन्ने अरुको कुरामा विश्वास नगर्नसमेत आग्रह गर्दै महाधिवेशनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए। पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै प्रधानमन्त्री देउवाले जीत र हारले पार्टीभित्र दुश्मनी बढाउन नहुने स्पष्ट पारे ।
फरकबाटो १९ कार्तिक २०७८, शुक्रबार १६:१८