काठमाडौं । वैशाख ३० गते हुने पालिका चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी भएको छ । अहिलेसम्म एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।
मधेस प्रदेशका जिल्ला र बाग्मती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनावको मुख्य दिन आउन अब १० दिन मात्रै बाँकी छ ।
फरकबाटो २० बैशाख २०७९, मंगलवार ०८:५८