बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

सुर्खेत । काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–२ पैसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेको एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएको छ ।


वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुङगा खस्दा सवारी चालकभन्दा पछाडीको सिट बसेका दुई जना घाइते भएकोका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डि.एस.पी सुरज कार्कीका अनुसार भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीय पार्वती शाहीको उपचारको क्रममा मृत्यु भएको बताएका छन् । ढुंगा लागेर शाही र वीरेन्द्रनगर–६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए ।

पावृती शाहिको टाउकोमा गम्भीर चोट लागेपछि उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो । शाहिको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डि.एस.पी सुरज काकीले बताए ।

उक्त घटनामा घाइते हुने सुनारको दाइने कानमा चोट लागेको र अवस्था सामान्य रहेको डी एस.पी कार्कीको भनाइ छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीको नियन्त्रणमा छन् ।