जाजरकाेटकाे नलगाड नगरपालिकाकाे मेयरमा माओवादी विजयी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा माओवादीका डम्बरबहादुर रावत ५ हजार ५ सय ९९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भए। सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गरे ।