बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।

स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’

मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।