रुकुम पूर्वमा २ सय १० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट


सुर्खेत । रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले जानकारी दिए ।