होटल व्यवसायी संघमा नयाँ नेतृत्व

सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतले ऐनबहादुर शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार सम्पन्न संघको ५ औं चुनावी साधारणसभाबाट शाहीको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुमन कार्की (केसी), प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महासचिवमा विकास सिलवाल, सचिवमा अर्जुन देवकोटा र कोषाध्यक्षमा दुर्गाबहादुर बस्नेत रहेका छन् । यस्तै सदस्यहरुमा धनबहादुर खड्का, गोपाल विसी, रामचन्द्र चौधरी, टिकाराम खड्का, गणेश गुरुङ, गोविन्दकुमार केसी, कृष्णप्रसाद पौडेल, शंकर भट्टराई, गोविन्द लामा र पोषणराज रेग्मी रहेका छन् ।

शनिवार नयाँ कार्यसमितिको सपथ ग्रहणका साथै पदभारसमेत गराइएको छ । निर्वाचन मण्डलका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले नयाँ कार्यसमितिको सपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा निवर्तमान अध्यक्ष गोरख रावतले नवनिर्वाचित अध्यक्ष ऐनबहादुर शाहीलाई मान्यूटसमेत हस्तान्तरण गरेका छन् । सो अवसरमा सल्लाहक समिति संयोजक जीतबहादुर राना, संघका पूर्व अध्यक्ष तर्कबहादुर शाहीलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।