रुकुममा बेवारिसे अवस्थामा चारनाल बन्दुक फेला


सुर्खेत । मुसिकोट नगरपालिका वडा नं ८ किटनी खोलामा बेवारिसे अवस्थामा बन्दुक फेला परेको छ । किटनी खोलाको एक ओडारमा चारनाल बन्दुक छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले उक्त बन्दुक ल्याई कार्यालयमा राखेको हो ।

बन्दुक कसले किन उक्त ओडारमा राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।