गुराँसमा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम सुरु


सुर्खेत । गुराँस गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम सुरु भएको छ । आजदेखी सुरु भएको तालिम आगामी चैत्र ६ गते सम्म सञ्चालन हुनेछ । आजदेखी सुरु भएको तालिम न्यायिक समितिका संयोजक शिवाकुमारी खड्काको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख टोपबहादुर वि.सीको प्रमुख आथित्यता तथा जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीको विशेष आथित्यतामा उद्घाटन गरिएको हो ।

तालिममा गुराँस गाउँपालिकाका ८ वटै वडाबाट ३० जना सहभागी भएका छन् । तालिमको सहजीकरण ग्लोबल एड्भोकेसी नेपालका कार्यसमिति सदस्य विवेक आचार्य तथा दिपेन सुवेदी लगाएतले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टोपबहादुर वि.सीले वडाहरुबाट मेलमिलापको आधारभुत तालिममा सहभागी हुनेहरुप्रति गाउँपालिकाले ठुलो अपेक्षा गरेको भन्दै पुरै समय दिन आग्रह गरे ।

संविधान तथा स्थानिय सरकार सञ्चालन ऐनले व्यवस्था गरेबमोजिम हरेक स्थानिय तहमा न्यायिक समितिले स्थानिय स्तरको अदालतकै काम गर्ने भएकोले यसमा मेलमिलापकर्ताहरुको ठुलो भुमीका हुने बताए । स्थानिय स्तरमै सानातिना विवाद मिलाउन सके अदालतलाई पनि बोझ कम हुने उनले तर्क गरे ।

कार्यक्रममा बोल्दै जिल्ला अदालत दैलेखका श्रेष्तेदार इन्द्रबहादुर कार्कीले न्याय निरुपण र विवाद समाधानमा मेलमिलापकर्ताहरुको ठुलो भुमिका हुने बताए ।

कार्यक्रमका अध्यक्ष तथा न्यायिक समिति संयोजक शिवाकुमारी खड्काले गुराँस गाउँपालिकाले स्थानिय सरकार सञ्चालन ऐनले तोके बमोजिमका विवादहरु गाउँ स्तरमै समाधान गर्नमा हर प्रयास गरेको बताईन् । उनले अदालतको बोझ कम गर्न र सकेसम्म नागरिकहरुलाई असजिलो नहोस् भन्नका लागि साना विवादहरुलाई गाउँमै मेलमिलापको माध्यमबाट ट्ङ्ग्याउन मेलमिलापकर्ताहरुलाइ सुचिकृत गर्नुपर्ने आवश्यकता भएको बताईन् ।